आहा! रारा गोल्ड कपको तयारी अन्तिम चरणमा, उद्घाटनमा सहारा र नेपाल पुलिस भिड्ने

पाेखरा | माघ १८, २०८१

आहा! रारा गोल्ड कपको तयारी अन्तिम चरणमा, उद्घाटनमा सहारा र नेपाल पुलिस भिड्ने Filed Photo

पोखरा:  सहारा क्लब पोखराको आयोजनामा हुने २४ आंै संस्करणको आहा! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।

 

पोखरा रङ्गशालामा यही २२ गतेदेखि फागुन ३ गतेसम्म सञ्चालन हुने  प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको क्लबका अध्यक्ष केशवराज बरालले जानकारी दिए । 

 

उनका अनुसार सो प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहारा क्लब  र नेपाल  पुलिस क्लब भिड्ने भएका छन् ।

 

प्रतियोगितामा नेपाली ९ र विदेशी ३ टिम गरी कुल १२ टिमले प्रतिस्पर्धा गर्ने उनले बताए । 

बरालका अनुसार आयोजक सहारा क्लब, थ्रीस्टार क्लब, मछिन्द्र क्लब, संकटा क्लब, ब्रिगेड ब्वाइज क्लब, एनआरटी फुटबल क्लब, अपी पावर चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लब, नेपाल पुलिस क्लब, युकेको बिग्रेड ब्वाइज फुटबल क्लब, भारतको थन्डरबोल्ट नर्थ युनाइटेड र उज्वेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लबको सहभागिता रहनेछ ।

 

प्रतियोगिताको विजेताले नगद रु १२ लाख र उपविजेताले नगद रु ६ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

 

विधागततर्फ सर्वोकृष्ट खेलाडीलाई स्कुटर पुरस्कार प्रदान गरिने अध्यक्ष बरालले बताए ।

 

यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, गोलरक्षक, मिडफिल्डर, स्ट्राइकर र उत्कृष्ट प्रशिक्षकले रु २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।
 

हिमश्री फुड्स प्रालिको उत्पादन आहा रारा चाउचाउको मुख्य प्रायोजनमा आयोजना हुँदै आएको प्रतियोगिताबाट संकलित  रकमले सहारा एकेडेमी सञ्चालन हुँदै आएको छ ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्